काठमाडौँ । नेकपा एमाले का महासचिव ईश्वर पोखरेलले सबै राजनीतिक दल मिलेर देशको विकास गर्ने बताएका छन् ।
आज टोखामा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले राजनीतिक प्रतिस्पर्धा सकिएकाले अब जनमतलाई कदर गर्दै सबै दल मिलेर देश विकासमा लाग्नुपर्ने बताए । उनले वाम गठबन्धनले दुईतिहाइको सरकार बनाई मुलुकमा कायापलट ल्याउने बताए ।
‘हामी घमण्ड देखाएर होइन मन फुकाएर देशका लागि काम गर्दछौँ’, उनले भने, ‘भ्रष्टाचारको अन्त्य गर्दै देश र जनता विरोध काम नगरी जनताको शिर झुक्ने दिने छैनौँ ।’ उनीले वाम गठबन्धनपछि अब वाम एकता चाँडै हुने भन्दै एकतालाई कसैले रोक्ने प्रयास गर्न आग्रह गरे ।
काठमाडौँ क्षेत्र नं ५ मा विजयी भएका महासचिव पोखरेलले आफूले कुनै पनि विकास निर्माणलाई कति पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले मतदाताको सुझावका आधारमा आफूले उक्त निर्वाचन क्षेत्रमा काम गर्ने बताए ।
निर्वाचनको परिमाणले राजनीतिक स्थायित्व दिएको भन्दै उनले भने, ‘अब सरकारले ६–६ महिना नभई पाँच वर्षसम्म एउटै चल्नेछ ।’