• २०८१ बैशाख १४ शुक्रबार

समानुपातिकतर्फको मतपरिणाम : एमालेको अग्रता कायमै, विवेकशीलले पनि कटायो एक लाख मत

kharibot

 काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । 

हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमालेले समानुपातिकमा १७ लाख मत कटाएको छ भने काँग्रेसले १६ लाख मत कटाएको छ । त्यस्तै राजपा र  राप्रपाले एक लाख मत कटाएका छन् । पछिल्लो पटक विवेकशीलले पनि एक लाख मत कटाएको छ । 

त्यस्तै माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । त्यस्तै फोरम चौथो स्थानमा रहेको छ भने राजापा पाचौ, राप्रपा छैठौ स्थानमा रहेको छ । त्यस्तै विवेकशील सातौ र नयाँ शक्ति आठौ स्थानमा रहेको छ ।  त्यस्तै राप्रपा-प्रजातान्त्रिक नवौ र जनमोर्चा दशौ स्थानमा रहेका छन् ।

बुधबार बिहान ६ बजेसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
 

१. नेकपा एमाले- १७६२१६८      
२. नेपाली कांग्रेस- १६७३८०६           
३. माओवादी केन्द्र – ६९४८६७            
४. फोरम – २०१३६६       
५. राजपा – १४५८२६           
६. राप्रपा – ११५४८३          
७. विवेकशील – १११३७०    
८. नयाँ शक्ति – ५२८५४         
९. राप्रपा प्रजातान्त्रिक – ३८८६४     
१०. जनमोर्चा – ३३६०३           

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै