• २०८१ बैशाख १६ आइतबार

समानुपातिकतर्फको मतपरिणाम : एमालेको अग्रता कायमै, राजपा र राप्रपाले ल्याए एक लाख मत  

kharibot

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ । 

हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ ।  पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी रहेको छ । एमालेले समानुपातिकमा १५ लाख मत कटाएको छ भने काँग्रेसले १४ लाख मत कटाएको छ । त्यस्तै राजपा र  राप्रपाले एक लाख मत कटाएका छन् ।

त्यस्तै माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । त्यस्तै फोरम चौथो स्थानमा रहेको छ भने राजापा पाचौ, राप्रपा छैठौ स्थानमा रहेको छ । त्यस्तै गाई सातौ र विवेकशील आठौ स्थानमा रहेको छ ।  त्यस्तै राप्रपा-प्रजातान्त्रिक नवौ र जनमोर्चा दशौ स्थानमा रहेका छन् ।

मंगलबार राति १० बजेसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
 

१. नेकपा एमाले- १६३७६९४     
२. नेपाली कांग्रेस- १५४५६७८         
३. माओवादी केन्द्र – ६४९१३६          
४. फोरम – १६५४२७     
५. राजपा – ११००८१         
६. राप्रपा – १०२८५१         
७. विवेकशील – ९९१४४  
८. नयाँ शक्ति – ४९२३८       
९. राप्रपा प्रजातान्त्रिक – ३५०१०   
१०. जनमोर्चा – ३२०२०          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै