अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा गत हप्तादेखि सल्कएको आगो अझै नियन्त्रणभन्दा बाहिर रहेको छ । आँधीजस्तै जबर्जस्त हावाहुण्डरीको कारण आगो तीव्र गतिमा फैलिइरहेको छ ।
उक्त आगलागीकै कारण ठूलो क्षेत्रफल खरानी भइसकेको अमेरिकी अधिकारीहरुले जनाएका छन् भने हजारौँ मानिसलाई स्थानान्तरण गराइएको छ । त्यस्तै हजारौँको संख्यामा अग्निनियन्त्रकहरु परिचालित भएका छन् । गत हप्ताको सोमबारबाट थोमस नामको आगलागी सुरु भएको थियो ।
यो आगोलागीलाई क्यालिफोर्नियाको इतिहासमै ठूलो भनिएको छ ।