• २०८१ बैशाख १४ शुक्रबार

रियल म्याड्रिड बिना कुनै गोल बराबरीमा रोकियो, सर्जियो रामोसले पाए रातो कार्ड 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड एथलेटिक क्लबसँग बिना कुनै गोल बराबरीमा रोकिएको छ । 

गएराती भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट कुनै गोल हुन् सकेन र दुबैले एक एक अंक बाडेका छन् ।

खेलमा रियलका क्रिस्टियानो रोनाल्डो र टोनी क्रुजले पहिलो हाफमा पाएको गोल गर्ने अवसरलाई गोलमा परिणत गर्न असफल भएका थिए ।

खेलमा रियलका सर्जियो रामोसले दोहोरो पहेलो कार्ड खादै मैदान छोड्नु परेको थियो । रामोसले खेलको ८६औ मिनेटमा दोस्रो पहेलो कार्ड पाए पछि रेफ्रीले रातो कार्ड दिएका थिए । रामोस ला लिगाको इतिहासमै सबै भन्दा बढी १९ पटक रातो कार्ड पाउने खेलाडी बनेका छन् । रियल म्याड्रिडले यस सिजनमा तेस्रो खेलमा गोल गर्न असफल भएको छ ।

बराबरीसँगै रियल म्याड्रिडको १४ खेलमा २८ अंक सहित लिगको चौथो स्थानमा रहेको छ । लिगको शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ८ अंकले पछाडी रहेको छ । एथलेटिक क्लब १४ खेलमा १४ अंक सहित लिगको १५औ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै