काठमाडौं । नेपाल राष्ट्र बैंकले अहिले १० अर्ब रुपैयाँको रिभर्स रिपो बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार अपराह्न २ बजेसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई उक्त परिमाणमा रिपो बिक्री गर्न लागिएको हो । परिपक्व हुुने अवधि १४ दिन अर्थात् यही मंसिर २६ गते उक्त रिपोमा पाँच प्रतिशत ब्याजदर तोकिएको छ ।