• २०८१ बैशाख १६ आइतबार

विचार मिल्ने पार्टीबीच एकता हुन आवश्यक : अध्यक्ष प्रचण्ड

kharibot

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रविरोधीहरु अहिले पनि सलबलाइरहेको बताएका छन् । 

चितवन क्षेत्र नं ३ अन्तर्गत भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर बजारमा आज वामगठबन्धनले आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसले आफ्नो उम्मेदवार नउठाई गणतन्त्रविरोधीलाई सहयोग गरेको आरोप लगाए । 

शान्ति सम्झौताको जीवित हस्ताक्षरकर्ता आफू भएको बताउँदै अध्यक्ष दाहालले संविधान निर्माण तथा कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेलेकाले आफ्नो जित सुनिश्चित रहेको जिकिर गरे ।

‘नेपाली जनताको समृद्धिको प्रत्याभूति दिलाउन वाम गठबन्धन गरिएको हो, धेरै साना दलले देशको विकास हुँदैन’, उनले भने ।
उनले देशलाई दिगो शान्ति, विकासका लागि अब स्थिर सरकार नै चाहिने भएकाले सबै विचार मिल्ने पार्टीबीच एकता हुन आवश्यक रहेकामा जोड दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै