काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको स्वास्थ्य स्थितिबारे चासो व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले शनिबार आफ्ना राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेल र सञ्चारविज्ञ माधव शर्मालाई अस्पताल पठाई उनको अवस्था बुझेकीबारे जानकारी लिएकी हुन् ।
निमोनिया रोगको उपचार गराइरहका नेता निधिले राष्ट्रपतिबाट व्यक्त चासो र स्वास्थ्यलाभको कामनाप्रति आभार प्रकट गरेका सञ्चारविज्ञ शर्माले जानकारी दिए ।