काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज लोकसेवा आयोगले आफ्नो ५८औँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश मैनालीले सो प्रतिवेदन पेश गरे । नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरिएको हो ।