• २०८१ बैशाख १७ सोमबार

नेपाली खेलाडीले कास्यपदक जिते

kharibot

काठमाडौँ । थाइल्याण्डको बैंककमा भएको बैंकक म्याराथनमा नेपालका रामकृष्ण महर्जन र धर्म महर्जनले कास्य पदक हात पारेका छन् । 

दुवै खेलाडीले फूल म्याराथनमा पदक जितेका हुन् । रामकृष्णले ५०–५९ वर्षको उमेर समूहमा ३ घण्टा १० मिनेट समय खर्चदै दूरी पूरा गरेको टिम व्यवस्थापक रजत श्रेष्ठले जानकारी दिए । 

त्यसैगरी धर्मले ४०–४९ उमेर समूहमा तीन घण्टा आठ मिनेटमा दौड सकाए । दुवैले जनही रु पाँच हजार भाट नगद पुरस्कारसमेत पाएको व्यवस्थापक श्रेष्ठले बताए । 

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले नेपाली टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै