• २०८१ बैशाख १७ सोमबार

कर्जा सुचना केन्द्रको अध्यक्षमा कँडेल

kharibot

काठमाडौ । कर्जा सूचना केन्द्र लिमिटेडले सञ्चालक समितीको अध्यक्ष पदमा भुुवन कँडेललाई चयन गरेको छ । संस्थाले आफ्नो १०९ औं संचालक समितिको बैठकबाट कडेलज्यूलाई सर्वसम्मत रुपमा संचालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । 

केन्द्रका अनुसार कडेल २०७३ कात्तिक २८ गेत देखि नेपाल राष्ट्र बैंकको तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्दै आएकाछन । उनी हाल नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयमा कार्यकारी निर्देशकको पदमा कार्यरत छन् । 

कम्पनीको संचालक समितिमा नेपाल राष्ट्र बैंक लगायत बाणिज्य बैंकबाट चार जना तथा विकास बैंक र वित्तीय कम्पनीबाट एक जना प्रतिनिधित्व रहने व्यवस्था रहेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै