बारामा कांग्रेसका प्रदेशसभा उम्मेदवारको गाडीमा बम प्रहार 

खरीबोट

बारा । बारामा नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवारको गाडीमा बम प्रहर भएको छ । 

बाराको जिल्लाको क्षेत्र ४ ख का नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्कीको प्रचार गर्ने गाडीमा अज्ञात समुहले बम प्रहर गरेको हो । 

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित नेपाल दुरसंचार संस्थान पछाडी पार्कीङ गरेर राखिएको गाडीमा बिहान ५ बजेर ५५ मिनेट जाँदा बम प्रहर गरिएको थियो । गाडीमा कोहि नभएकोले कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार हालसम्म सो विष्फोटको कसैले जिम्मा लिएको छैन । 

विष्फोटबाट गाडीको फ्युल ट्यांक फुटेको, सिसाहरु फुटेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उम्मेदवार कार्कीले प्रचारमा प्रयोगगर्ने गाडीमा बम प्रहर गरिएको छ । घटनाको हाल प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । 

सम्बन्धित समाचार

काँग्रेस नेता रमेश लेखकको घरनजिक बम विष्फोट

कञ्चनपुर ।  नेपाली काँग्रेसका नेता एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घर नजिकै गएराति बम विष्फोटन गरिएको छ ।  बम विष्फोटबाट घरमा कुनै प्रकारको क्षति

बम विष्फोटमा मृत्यु भएका चौधरीको परिवारलाई २५ लाख राहत

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई रु २५ लाख राज्यले राहतस्वरुप उपलब्ध गराउने बताए ।  तुलसीपुर उपमहनगरपालिका–१२ क्वाङ्गीस्थित चौधरीको निवासमा

काँग्रेस उम्मेदवारको घरमा बम विष्फोट

गाईघाट, उदयपुर ।  जिल्लाको त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित नेपाली काँग्रेसका पूर्वसभापति तथा वर्तमान प्रदेशसभा सदस्यका उम्मेदवार हिमाल कार्कीको घरमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।  आज बिहान ३ बजेतिर केही अज्ञात समूह आएर

जनकपुरमा राजेन्द्र महतोको डेरा जनिक बम विष्फोट

महेन्द्रनगर, धनुषा ।  जनकपुरमा गए राति ८ बजे बम विस्फोट भएको छ ।  रंगभूमि मैदान (बाह्रबिघा) को उत्तर पश्चिम छेउमा संकटमोचन मन्दिर नजिक बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विस्फोटबाट कुनै