• २०८१ बैशाख ७ शुक्रबार

आणविक बम विष्फोटको ७७औँ वार्षिकी आयोजना

kharibot

टोकियो । जापानको नागासाकी सहरमा मङ्गलबार  आणविक बम आक्रमणको ७७औँ वार्षिकी आयोजना गरिएको छ । कार्यक्रममा अन्तरराष्ट्रिय समुदायले जापानलाई आफू पीडितको रुपमा मात्र नलिन आग्रह गरेको छ । मङ्गलबारको वार्षिकीमा जापान सरकारले कोभिड–१९ का  प्रतिबन्ध खुकुलो बनाएर थप मानिसलाई उपस्थित हुन अनुमति दिइएको थियो ।

त्यस अवसरमा ८० भन्दाबढी राष्ट्रका अधिकारी र प्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहेको थियो । साथै आणविक बमबाट बाँचेका र मृतकका आफन्तहरुको पनि सहभागिता रहेको थियो । 

उनीहरुले यस दिनलाई दुःखद् दिनका रुपमा स्मरण गरेका थिए । उनीहरुले यस्तो विनाशकारी दिन जापानमात्र नभई संसारमा नै कहिल्यै नआओस् भन्ने कल्पना पनि गरेका थिए । सन् १९४५ मा आजकै दिन बिहान ठीक ८: १५ बजे जापानको हिरोसिमामा नगरमा अमेरिकी युद्धक विमानले बम खसालेको थियो ।

सन् १९४५ का अगस्त ६ र ९ का दिन जापानका हिरोसिमा र नागासाकी नगरमा संयुक्तराज्य अमेरिकाले दुई अणुबम खसालेको थियो । ‘लिटिल ब्वाइ’, र ‘फ्याट म्यान’ नाम दिइएका दुई बम विस्फोटबाट हिरोसिमा र नागासाकीमा गरी करिब एक लाख ४० हजार नागरिकले ज्यान गुमाएका थिए । यस बमको असरले कति नागरिकको मृत्यु भयो भन्ने कुराको यकिन तथ्याङ्क कतै भेटिँदैन ।

उक्त घटना भएको पाँच वर्षभित्र दुवै नगरमा विकिरणबाट प्रभावित थप एक लाख चार हजार नागरिकको मृत्यु भएको थियो । अमेरिकाविरुद्ध युद्ध लडेको जापानले यस अवधि र युद्धपश्चात् आफ्ना करिब दुई लाख पचास हजार नागरिकको ज्यान गुमायो । 

तत्कालीन अवस्थामा योभन्दा बढी सङ्ख्याका जापानी विकिरणबाट उत्पन्न विभिन्न रोगका कारण अङ्गभङ्ग भई बाच्न विवश भए । युद्धकालमा विकिरणबाट प्रभावित कतिपय जापानी तथा तिनका सन्तान समेत अनेक रोगबाट पीडित छन् ।

हिरोसिमा नगरमा खसालिएको बम, २० हजार टन टीएनटी बराबरको थियो । उक्त बममा युरेनियम–२३५ नामक रासायनिक तत्व प्रयोग गरिएको थियो र त्यसलाई ‘लिटिल ब्वाइ’ भन्ने नाम दिइएको थियो । दश फिट लम्बाइको यस पारमाणबिक बमलाई इनोला गे उपनाम दिइएको बी–२९ सुपर फोरट्रेस बमवर्षक विमानको बाहिरी भागमा झुन्ड्याएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै