काठमाडौँ । इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई पराजित गर्दै लिगमा आफ्नो अग्रता कायमै राखेको छ ।
सिटीले लिग अन्तर्गत शनिबार राति भएको खेलमा लेस्टर सिटीलाई २–० ले हराउँदै आफ्नो विजयी यात्रा कायम राखेको हो ।
म्यानचेस्टर सिटीको जितमा गाब्रिएल जिसस र केविन डि ब्रुनेले गोल गरेका थिए । खेलको ४५औं मिनेटमा जिससले गोल गरेपछि पहिलो हाफमा म्यानचेस्टर सिटीले १–० को अग्रता लियो । दोस्रो गोल खेलको ४९औ मिनेटमा डि ब्रुनेले गरेका थिए । त्यसपछि खेलमा दुवै तर्फबाट गोल हुन सकेन र म्यानचेसटर सिटी २–० ले विजयी भयो ।
जितपछि शीर्ष स्थानको सिटीको १२ खेलबाट ३४ अंक भएको छ र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा ८ अंकले अघि रहेको छ ।