• २०८१ बैशाख १७ सोमबार

महानगरको हरेक वडा वडामा बालवालिकाका लागि स्वास्थ्य सेवा संचालन हुन्छ : मेयर शाक्य 

kharibot

काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले महानगरको हरेक वडा वडामा स्वास्थ्य सेवा संचालन गर्ने भएको छ  । बालवालिकाकालाई टंसील रोगबाट बचाउन यस्तो स्वास्थ्य सेवा संचालन गरेको काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । 

गणेश युवा क्लबले महानगरपालीकाको वडा नं २१ मा  आयोजना गरेको बालवालिकाको लागि निःशुल्क स्वास्थ्य  शिविरमा बोल्दै प्रमुख शाक्यले सो कुरा बताउएका हुन् । यसैगरी प्रमुख शाक्यले महानगरपालिकाले हिजो मात्रै सामाजिक सेवा अनाथ बालवालिका र बृद्धबद्धाको सहयोगमा समर्पित संस्था काठमाण्डौको सामाखुसीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको र काठमाण्डौको नक्सालमा रहेको श्री सत्य साई सेवा केन्दसंग स्वास्थ्य सम्बन्धी सहकार्य गरेको बताए । 

कार्यक्रममा बोल्दै डा. दीपकराज जोशीले विशेष गरि ८ वर्ष देखि १५ वर्ष उमेरका बालवालिकामा टंसीलको जोखिम रहेको बताउँदै हरके वर्ष टंसीलको सुई लगाउनु पर्ने बताए ।

यसैगरी कार्यक्रममा बोल्दै वडा नं २१ वडा अध्यक्ष उदय  चुडामणि बज्र्राचार्यले बालवालिकालाई  टंसील सम्बन्धी  जाँच गर्न पाएकोमा हार्दिक कृतज्ञता व्यक्त गरे । 

सोहि कार्यक्रममा बोल्दै एनएमबी बैंकका अध्यक्ष सुनिल केसीले नेपालमा भण्डै कुल  जनसंखयाको दुई लाख मानिसमा टन्सिल रोगको समस्या रहेको बताए । 

२१ नं वडाको गणेश युवा क्लबमा आयोजित सो कार्यक्रममा महिला  स्वास्थ्य स्वंयम सेविका र वडावासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै