• २०८१ बैशाख १६ आइतबार

राप्रपा प्रजातान्त्रिकका रोल्पाका उम्मेदवार माओवादी केन्द्रमा प्रवेश 

kharibot

रोल्पा ।  राप्रपा (प्रजातान्त्रिक)का रोल्पाबाट प्रदेश सभाका उम्मेदवार वीरसिंह ठकुरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रोल्पाको प्रदेश सभा ‘क’ बाट उम्मेदवारी दर्ता गराएका उनले शुक्रबार लिबाङमा आयोजित वाम गठबन्धनको सभामार्फत पार्टी प्रवेश गरेका हुन् । 

एमाले र माओवादी केन्द्रको गठबन्धनले संयुक्त रुपमा गरेको चुनावी सभामा ठकुरीले उम्मेदवारी र पार्टी परित्याग गरेको घोषणा गरेका छन् । राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका ठकुरीले वाम गठबन्धनले नै अबको मुलुक बनाउन कार्यभार पूरा गर्ने भएकाले पार्टी छोडेको बताए । 

ठकुरीलाई माओवादी केन्द्रका नेता एवं बिनाविभागीय मन्त्री कृष्णबहादुर महराले टीका र माला लगाइदिएर पार्टी प्रवेश गराएका हुन् । उनलाई निवर्तमान सभामुख ओनसरी घर्ती, वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार एवं नेता वर्षमान पुन प्रदेशसभाका उम्मेदवारहरु कुलप्रसाद केसी, दीपेन्द्र पुन, नेताहरु जयपुरी घर्ती, एमाले पोलिटब्यूरो सदस्य गोकुल घर्ती लगायतले स्वागत गरेका थिए । 

ठकुरीले पार्टी र उम्मेदवारी परित्याग गरे पनि उक्त पार्टीबाट तिलबहादुर वलीले प्रतिनिधिसभामा र हरिकला बुढाथोकीले प्रदेशसभाका लागि रोल्पा ‘ख’बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै