नरदेवीका दुई वटा औषधि पसलमा शिलबन्दी

खरीबोट

फाइल तस्बिर

काठमाडौँ ।  नियमविपरीत सञ्चालनमा रहेको काठमाडौँका दुई औषधि पसललाई आज शिलबन्दी गरिएको छ । 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा नरदेवीमा रहेको कुशल डेण्टल क्लिनिक प्रालि र सागर प्याथोलोजी ल्याबले स्विकृति नलिई सञ्चालन गरेको पाएपछि शिलबन्दी गरेको हो । 

अनुगमन संयोजक दिपकराज पोखरेलसहितको टोलीले शिलबन्दी गरिएको दुवै औषधि पसललाई तीन दिनभित्र आवश्यक कागजपत्र लिई विभागमा आउन निर्देशन दिएको छ । 

पछिल्लो समय तरकारीमा भएको मूल्यवृद्धिलाई कम गर्न पनि विभागले रातिको समयमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । 

सामान खरिद गर्दा म्याद, मूल्य र प्रयोग गर्न सकिने मिति ख्याल गर्न पनि आम उपभोक्तालाई उनले अनुरोधसमेत गरे । 

सम्बन्धित समाचार

नरदेवीका दुई वटा औषधि पसलमा शिलबन्दी

काठमाडौँ ।  नियमविपरीत सञ्चालनमा रहेको काठमाडौँका दुई औषधि पसललाई आज शिलबन्दी गरिएको छ ।  आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सोमबार उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा नरदेवीमा रहेको कुशल डेण्टल क्लिनिक

मोरङमा बिनादर्ता सञ्चालित ल्याबमा शिलबन्दी

पथरी (मोरङ) । जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले बिनादर्ता सञ्चालित दुईवटा ल्याबमा शिलबन्दी गरेको छ ।  विराटनगर–९ अस्पताल चोकमा बिनादर्ता सञ्चालनमा आएको न्यू नेशनल डाइनेष्टिक ल्याब र रङ्गेली रोडमा रहेको श्री कालिका ल्याब