• २०८१ बैशाख १५ शनिबार

मेयरको कोल्डस्टोरमा बारा प्रशासनको छापा, तीन सय ८० बोरा दाल शिलबन्दी

kharibot

बारा । कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवको दाल कोल्डस्टोरमा बारा प्रशासनले छापामारी गरी तीन सय ८० बोरा दाल सिल बन्दी गरेको छ ।

गुणस्तरहिन दाल राहत स्वरुप नगर प्रमुख यादवले वडाहरुमा बितरण गराएपछि स्थानीय र राजनीतिक दलको गुनासो आएपछि नमुना सङ्कलन गरी तीन ८० बोरा दाल शिलबन्दी गरिएको हो ।

संकलन गरिएको नमुना खाद्य प्रयोगशालामा पठाइने र सो नमुनाको रिपोर्ट आए पछि थप निर्णय गरिने जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी उपरिक्षक कृष्ण पंङ्गेनीले बताए ।

विश्वव्यापी कोरोना महामारीका बेला गरिब, असाहाय, मजदुर किसानका लागि राहतका रुपमा बाँडेको दाल खान अयोग्य भएको भन्दै स्थानीय राजनीतिक दलले विरोध जनाएका थिए ।

पाँच वर्ष पुरानो पहिले बिक्री नभएको कुहिएको दाल नगरप्रमुख यादवले नगरपालिकाको रकमबाट भुक्तानी हुँने गरी कलैया उपमहानगरपालिका वडा नम्बर १, ७ र २० का स्थानीय गरिब असाय र मजदुरका लागि राहत बितरण गर्न लागेकोमा वडा नम्बर २० मा शुक्रवार नै स्थानीयको विरोधका कारण रोकिएको र वडा नम्बर ७ मा भने वितरण गरिएको थियो ।

गुणस्तरहीन चामल र दाल बितरण गरेर नगरप्रमुख यादवले जनताको भावनासँग खेलवाड गरेको भन्दै आँफूहरुले प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक ध्यानाकर्षण गराईएको बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले जानकारी दिएका छन् ।

प्रशासनले वडा अध्यक्ष र वडा सचिवलाई बोलाएर सोधपुछ गरेको थियो । प्रशासनले गोदाममा छापा मारेर दाल सिलबन्दी गरेको छ । तथा चामल ल्याईएको गोदामको समेत खोजी भैरहेको बारा प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै