• २०८१ बैशाख १५ शनिबार

शिलबन्दी बोलपत्र च्याती फरार भएका दुई युवा पक्राउ

kharibot

स्याङ्जा । शिलबन्दी बोलपत्र च्याती फरार भएका दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

फरार भएका चापाकोट नगरपालिका– ४ का ३२ वर्षीय लालबहादुर थापा र चापाकोट–५ का ३७ वर्षीय सुक्रे भनिने निर्मल रानालाई पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

थापा र रानाले मङ्गलबार नगरपालिकाको कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरी कार्यालयको टेबलमा राखिएको शिलबन्दी बोलपत्र च्यातेको प्रहरीले जनाएको छ ।

मङ्गलबार बोलपत्र च्यातेर फरार रहेका दुवैलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको मुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै