• २०८१ बैशाख १७ सोमबार

एनआईसी एशिया ऋणपत्र निष्काशनका लागि नबिल इन्भेष्टमेन्टसँग सम्झौता 

kharibot

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले एक हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने रु.३ अर्ब बराबरको “एनआईसी एशिया ऋणपत्र २०८१÷८२” निष्कासनको निमित्त नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ । 

ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा एन आई सी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

रु.३ अर्ब बराबरको ऋणपत्र मध्ये ८० प्रतिशत (रु.२ अर्व ४० करोड) व्यक्तिगत र २० प्रतिशत (रु. ६० करोड) सर्वसाधारणहरुका लागि नेपाल धितो पत्र बोर्डको स्वकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । 
प्रस्तावित ९ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे छ ।

यस ऋणपत्रले लगानी कर्तालाई उच्चतम प्रतिफल प्राप्त गर्ने सुवर्ण अवसर दिने बैंकले विश्वास राखेको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै