• २०८१ बैशाख १७ सोमबार

आमिर खान र पत्नी किरण रावलाई स्वाइन फ्लु

kharibot

आमिर खान र किरण राव, फाइल तस्विर

बलिवुड अभिनेता आमिर खान र पत्नी किरण रावलाई स्वाइन फ्लु भएको छ । आमिर खानले आफै सो जानकारी दिदै यसबाट सबैलाई सचेत हुन् आग्रह गरेका छन् ।

सत्यमेव जयेते वाटर अवार्डमा भाग लिन जानु पर्ने आमी स्वाइन फ्लुका कारण जान नसके पछि उनले सो कार्यक्रमलाई भिडियो सम्बोधन गर्दै आफु स्वाइन फ्लुको संक्रमणका कारण कार्यक्रममा सहभागी हुन् नसकेको जानकारी दिएका थिए । सो आमिर खान अनुपस्थित भएपछि सो कार्यक्रम शाहरुख खान सहभागी भएका थिए ।

पछिल्लो समय भारतको महाराष्ट्रमा स्वाइन फ्लुको संक्रमणबात २५० जना भन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा पनि स्वाइन फ्लुको संक्रमणबाट पाल्पा, स्याङजा लगायतका ठाउँमा मानिसहरुले ज्यान गुमाएका छन् भने काठमाडौँ उपत्यकामा पनि स्वाइन फ्लुको संक्रमणका विरामीहरु देखिन थालेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै