• २०८१ बैशाख १४ शुक्रबार

मेसीले दिए कोन्टिन्होको ठाउमा अन्य तीन खेलाडी ल्याउने सल्लाह, को को हुन् ति खेलाडी ?

kharibot

काठमाडौँ । नेइमारले बार्सिलोना छोडेपछि ठुला खेलाडी भित्राउने प्रयासमा रहेको बार्सिलोनाले हाल लिभरपुलबाट खेल्ने फिलिप कोन्टिन्होलाई भित्राउने फेरी प्रयास गरेको रिपोर्ट आइरहेका बेला कोन्टिन्हो प्रकरणमा नयाँ ट्वीष्ट आएको छ । 

रिपोर्टका अनुसार बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीले कोन्टिन्होको ठाउमा अन्य तीन खेलाडी भित्राउनु पर्ने सुझाव दिएर कोन्टिन्होको बार्सिलोना जाने सपनामा ब्रेक लाग्ने देखिएको छ । 

मेसीले कोन्टिन्होको ठाउमा हाल मोनाकोबाट खेलिरहेका फ्रेन्च मिडफिल्डर थोमस लेमार, हाल लियोनबाट खेलिरहेका अर्का फ्रान्सकै मिडफिलदार नबिल फेकिर र हाल लेस्टर सिटीबाट खेलिरहेका रियाद महरेजलाई भित्राउने सल्लाह दिएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।

बार्सिलोनाले गत जुलाईमा नै कोन्टिन्होलाई भित्राउने प्रयास गरेपनि लिभरपुलले अस्विकार गरेपछि सम्झौता असफल भएको थियो ।

कोन्टिन्होलाई लिभरपुलमा ल्याउन यसअघि नेइमारले केहि पहल गरेको रिपोर्ट आएपनि हाल नेइमारले नै बार्सिलोना छोडिसकेको अवस्थामा उनको बार्सिलोना जाने सपना पुरा हुन मुस्किल देखिएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै