• २०८१ बैशाख १६ आइतबार

मैले सबै बार्सिलोनाकै हितमा गरेको हुँ - लियोनेल मेसी

kharibot

काठमाडौँ । लियोनेल मेसीले पछिल्ला दिनमा आफुले उठाएका कदम सबै बार्सिलोनाको राम्रोका लागि भएको स्पष्ट गरेका छन् ।

स्पोर्ट्ससँगको अन्तर्वार्ताको क्रममा मेसीले आफुले बार्सिलोना अझ बलियो र राम्रो होस् भनेर नै यी कदम उठाएको बताएका छन् ।

मेसीले बार्सिलोना छोड्ने प्रकरणले सारा फुटबल जगत तरंगित भएपनि अन्तत: मेसीले बार्सिलोनामै बस्ने निर्णय गरेका थिए ।

मेसीले विश्वभरका आफ्ना र बार्सिलोनाका फ्यानहरुलाई संदेश दिदै आफुले आफ्नो तर्फबाट भएका कमजोरी भएका भए, त्यसको जिम्मेवारी लिने बताउदै यो सबै बार्सिलोना राम्रो होस् भनेर गरेको बताएका छन् ।

उनले भनेका छन् - 'मैले हामीलाई फलो गर्ने सबै फ्यानहरुलाई भन्न चाहान्छु की कुनै समयमा मैले भनेको कुराले उनीहरुमा कुनै किसिमको शंका उत्पन्न भएको छ भने म त्यो स्पष्ट गर्न चाहन्छु, मैले सधै क्लबको हित ध्यानमा राखेर कुरा गर्ने गरेको छ ।'

मेसीले धेरै असहमति हुदा हुदै पनि आफुले सबै कुराको अन्त्य गरेर अगाडी बढेको बताउदै मेसीले अहिले फेरी आफुहरु एक भएर खेल्न शुरु गरेको बताएका छन् । मेसीले बार्सिलोनाले अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।

मेसी प्रकरणपछि ला लिगाको शुरुवात गरेको बार्सिलोनाले भिल्ला रियललाई ४-० गोल अन्तरले पराजित गर्दै उत्कृष्ट शुरुवात गरेको छ भने अब अर्को खेल विहिबार राती सेल्टाभिगोविरुद्ध खेल्दै छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै