• २०८१ बैशाख १५ शनिबार

तत्काल सन्यास लिन्न- लियोनेल मेसी

kharibot

काठमाडौँ । लियोनेल मेसीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् । विश्वकप जितेपछि प्रतिक्रिया दिदै मेसीले आफुले तत्काल सन्यास नलिने बताएका हुन् ।

मेसीले भनेका छन्- ' मैले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट अहिले नै सन्यास लिदिन, म च्याम्पियन टिमको लागि अझै खेल्ने छु ।'

पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४-२ गोल अन्तरले पराजित गर्दै मेसीले आफ्नो क्यारियरमा पहिलो पटक विश्वकप जितेका हुन् ।

उनले भने- 'विश्वकप जितिन्छ जस्तो लागेको थियो, तर जसरी जितियो यो निकै रोमान्चक थियो । मलाई थाहा थियो, भगवानले यो मलाई दिदैछन् । अब म यो जितलाई अर्जेन्टिना पुगेर सेलिब्रेट गर्न आतुर छु । यो मेरो बालककालदेखिको सपना थियो, आज पुरा भयो ।'

मेसीले यसअघि फाइनल खेल आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका थिए । यो सँगै उनका फ्यानहरुले मेसीले अब अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन्छन भन्ने अनुमान गरेका थिए । तर मेसीले भने आफु अझै खेल्ने बताएर उनका फ्यानहरुमा थप खुशी थपिदिएका छन् ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै