• २०८१ बैशाख १७ सोमबार

मलेसियामा इलामका युवकको मृत्यु

kharibot

इलाम ।  फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । 

मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघातका कारण मृत्यु भएको हो । 

उनको शव सोही स्थानको एक अस्पतालमा राखिएको योगेन घिमिरेले जानकारी दिनुभएको छ । लिम्बूको शवलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरेको जानकारी समेत उनले दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै