• २०८१ बैशाख १७ सोमबार

जापान पुगेर ट्रम्पले भने - उत्तर कोरियाको आणविक कार्यक्रम विश्वलाई चुनौती

kharibot

टोकियो / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि चुनौती भएको बताएका छन् । उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रम विश्वकै लागि ठूलो चुनौती बताउंदै ट्रंपले यसले कुनै एक देश विशेषलाई मात्र हानी गर्छ भन्ने सोच्न नहुने बताएका हुन् ।

विश्वको सभ्यताको मात्र होइन कि यो विश्व शान्तिका लागि पनि चुनौती हो– उहाँले भन्नुभयो । उत्तर कोरियाको आणविक कार्यक्रमले विश्वमा त्रास र अस्थिरता मात्र बढाउने गरेको उनको भनाई थियो ।

राष्ट्रपति ट्रम्प हाल जापानमा छन् । उनी एसियाको भ्रमणका क्रममा आइतबार जापान पुगेका हुन् । उनले जापानमा सम्बोधन गर्ने क्रममा सो धारणा राखेका हुन् ।

पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकासहुदै परीक्षण गरेको थियो ।

यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको जापान भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि एक ठूलो महत्वका विषयका रुपमा लिन सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै