• २०८१ बैशाख १४ शुक्रबार

ला लिगामा जितसँगै विजयी लयमा फर्कियो रियल म्याड्रिड

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लास पलमासलाई पराजित गर्दै आफ्नो जितको लयमा फर्किएको छ । गएराती भएको खेलमा रियलले लस पलमासलाई ३-० ले पराजित गरेको हो ।

रियलको जितमा केसेमिरो, मार्को असेन्सियो र इस्कोले गोल गरेका थिए । खेलको ४१औ मिनेटमा केसेमिरोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए भने असेन्सियोले खेलको ५६औ मिनेटमा र इस्कोले खेलको ७४औ मिनेटमा गोल गरेका थिए ।

जितपछि रियलको ११ खेलमा २३ अंक भएको छ र रियल लिगको तेस्रो स्थानमा रहेको छ । रियल भन्दा अगाडी भ्यालेन्सिया ११ खेलमा २७ अंक सहित दोस्रो स्थानमा र बार्सिलोना ११ खेलमा ३१ अंक सहित शिर्ष स्थानमा रहेका छन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै