• २०८१ बैशाख २३ आइतबार

'छक्का पन्जा २' को फस्टलुक पोस्टर सार्वजनिक

kharibot

वर्षको सुपरहिट फिल्म 'छक्का पन्जा'को सिक्वेल 'छक्का पन्जा २' को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । 

मित्रता दिवसको अवसर पारेर फिल्मकी निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्मको फस्टलुक पोष्टर सार्वजनिक गरेकी हुन् । पोस्टरमा फिल्ममा मुख्य भूमिका निर्वाहा गरेका सबै कलाकारहरुको अनुहार अटाइएको छ । 

असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । 

फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् भने पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको प्रमुख कलाकारको रुपमा रहेका छन् ।

फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै