• २०८१ बैशाख २३ आइतबार

‘हिलो लाग्ला नाइनलको साडीमा’ गीत चोरेको होईन – दीपकराज गिरी

kharibot

फिल्म छक्का पन्जा-२ को पहिलो गित सार्वजनिक हुनासाथ भाइरल भयो ।  ए दाजु नसमाउ बोलको गीत युट्युबमा भाइरल भएर नम्बर वानमा ट्रेन्ड गर्न थाले पछि गीत चोरी भएको खबर बाहिर आयो ।

गीतलाई यसअघि नै स्वर्गीय कान्छा मगर नेपालीले बनाएर बजारमा आइसकेको खबर आउना साथ् फिल्मका निर्माता एवं अभिनेता दिपकराज गिरीले सामाजिक संजालमा स्पष्टिकरण दिएका छन् ।  गिरीले दिएको स्पष्टिकरण पढ्दा गीत चोरी भएको प्रष्ट हुन्छ । गिरीले गीत चोरी भएको नभई गायक अलमोडाले वास्तविक सर्जकलाई अगाडि नल्याएको उल्लेख गरेका छन् ।

उनले आफुलाई गीतका सर्जक अर्कै भएको थाहा हुनासाथ वास्तविक कम्पोजरको नाम राख्न लगाएको उल्लेख गरेका छन् ।  यस विषयमा आफुहरुलाई पनि अध्यारोमा राख्ने काम भएको बताउदै वास्तविक सर्जकहरुलाई अध्यारोमा राख्ने काम भएकोमा खेद प्रकट पनि गरेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै