• २०८१ जेठ ६ आइतबार

गोविन्दराज जोशीको उम्मेद्वारी खारेज, कांग्रेस नेता पौडेललाई राहत 

kharibot

तनहुँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । 

नेता पौडेलले जोशीको उम्मेद्वारी विरुद्ध आयोगमा उजुरी दिएका थिए । जोशीको उम्मेद्वारी खारेज भएपछि कांग्रेस नेता पौडेललाई राहत भएको छ ।

शनिबार बसेको आयोगको बैठकले जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो। नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने भन्दै आयोगले जोशीको उम्मेदवारी खारेज गरेको हो।
जोशीविरुद्ध उजुरी परेपछि तनुहँका मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगको केन्द्रीय कार्यालयसँग निर्देशन मागेका थिए।

नैतिक पतन देखिएका उम्मेदवार अयोग्य हुने प्रावधानअनुसार जोशीको उम्मेदवारी बदर गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्वाचन आयोगले निर्देशन दिएको थियो ।
तनहुँ १ बाट टिकटको दाबी गरेका जोशीलाई संसदीय बोर्डले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दर्ता गरेका थिए। 

जोशीलाई विशेष अदालतले २०६९ साल साउन १० गते भ्रष्टाचारी ठहर गरेको थियो। सो फैसला अहिले पनि कायम रहेको छ । नेता पौडेलले जोशी भ्रष्टाचारी ठहर भएको अदालतको फैसलाको प्रतिलिपि पनि पेस गरेका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार अदालतबाट भ्रष्टाचारी ठहर भइ जेल सजाय भोगेका व्यक्ति उम्मेदवार बन्न पाउँदैनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै