• २०८१ बैशाख १५ शनिबार

जलवायु परिवर्तनका असर

kharibot

काठमाडौँ । दक्षिण एशियाली क्षेत्रमा जलवायु परिर्वतनका असर बढी देखिएकामा चिन्ता व्यक्त गर्दै यससित जुध्न सामूहिक प्रयत्नको खाँचो औँल्याइएको छ । 

प्राकृतिक विपद् भूकम्प, बाढीपहिरो, आगलागीले यस क्षेत्रलाई नराम्ररी गाँज्दै गएको र कृषि उत्पादन समेत घट्दै गएकामा विज्ञहरूले चिन्ता व्यक्त गर्दै सार्क देशमा यस वर्ष मात्र बाढी र पहिरोले पाँच हजारभन्दा वढीको मृत्यु तथा हजारौँ विस्थापित भएको जनाएका थिए । 

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क चेम्बर अफ कमर्शद्वारा बिहीबार आयोजित जलवायु परिवर्तनसम्बन्धी युवा सम्मेलनका सहभागीले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सार्क कार्ययोजनालाई कार्यान्वयनमा ल्याउन आग्रहसमेत गरे । 

सन् २०१० मा भुटानको थिम्पुमा सम्पन्न सार्कको १६औँ सम्मेलनले जलवायु परिवर्नतका असरलाई न्यूनीकरण गर्न कार्ययोजनासमेत पारित गरेको थियो । सम्मेलन शुभारम्भ गर्दै युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न सरकारले कार्ययोजना तयार गरी लागू गरेको जानकारी दिए । 

उनले सार्क क्षेत्रमा प्राकृतिक विपद् बढदै गएको चर्चा गर्दै यससित जुध्न सामूहिक प्रयत्न हुनुपर्नेमा जोड दिए । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा तथा सार्क चेम्बर अफ कमर्शका अध्यक्ष सुुरज वैद्यले सार्क क्षेत्रको कृषि उत्पादकत्व वृद्धि गर्न युवावर्गलाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय