• २०८१ बैशाख १५ शनिबार

जितेन्द्र देवको प्रश्न- दक्षिण एशियाका चार देशले खोप पाउदा नेपालले किन पाएन ?

kharibot

काठमाडौं ।  नेपाली काँग्रेसका नेता जितेन्द्र देवले सरकार खोप ल्याउन असफल भएको भन्दै आलोचना गरेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले सरकार खोप कूटनीतिमा असफल भएको बताएका हुन् ।

उनले दक्षिण एसियाका चार देशले अमेरिका र युरोपेली देशको सहयोगमा खोप ल्याइसकेको अवस्थामा नेपालले खोप ल्याउन नसकेको बताए  । 

नेता देवले अमेरिकी सरकारको सहयोगमा बंगलादेश र पाकिस्तानले मोडेर्नाको २५-२५ लाख डोज खोप पाइसकेको उदाहरण दिदै श्रीलंकाले पनि फाइजरको खोप ल्याउन सम्झौता गरेको बताए  ।

उनले भुटानले डेनमार्कबाट २५ लाख डोज खोप पाएको बताउदै नेपालले किन खोप ल्याउन नसकेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

साथै नेता देवले राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्र लेखेर खोप उपलब्ध गराइदिन आग्रह गरेको विषयलाई समेत आलोचना गरेका छन् ।

उनले राष्ट्रपति भण्डारीले खोपका लागि पत्र लेखेर बचपना कुटनीति निभाएको बताउदै यो गलत भएको जिकिर गरेका छन् ।

उनले भने- 'सरकारले आफ्नो कूटनीतिक फेलियरलाई लुकाउन राष्ट्रपति संस्थालाई चिठी लेखाएको हो, यो बचपना कूटनीति हो ।’

नेता देवले राष्ट्रपतिले भन्दा परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीले परे लेख्नुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै