• २०८१ बैशाख १४ शुक्रबार

एनएमबी बैंकको पहिलो त्रैमासिक नाफा ४५ करोड १३ लाख

kharibot

काठमाडौं । एनएमबी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४५ करोड १३ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो मुनाफा ३५ करोड ३६ लाख ८५ हजार रुपैयाँ रहेको थियो  ।

चुक्ता पुँजी छ अर्ब ४६ करोड १७ लाख ७० हजार रुपैयाँ रहेको बैंैकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ७१ अर्ब ९४ करोड ९७ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ८७ करोड ५२ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । घरजग्गा क्षेत्रमा तीन अर्ब २९ करोड ७६ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंैकले सो अवधिमा ६१ करोड ७० लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

प्रोभिजन रकम नौ करोड सात लाख ७४ हजार रुपैयाँ रहेको बैंकको राईट व्याक रकम २१ करोड १७ लाख छ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दसमलव ६७ प्र्रतिसत रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६५ अर्ब ५८ करोड ५३ लाख ५२ हजार रुपैयाँ निक्ष्ोप संकलन गरी ५६अर्ब ६० करोड चार लाख सात हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा ६३ करोड ३२ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८३ प्रतिशत रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै