• २०८१ बैशाख २३ आइतबार

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमा थ्रिडी सुरक्षा प्रणाली

kharibot

काठमाडौँ । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड होल्डरहरुका लागि थ्रिडी सुरक्षा प्रणालीको सुरुवात गरेको छ ।

नेपालमा केहि बैंकहरुले मात्र सुरु गरेको सो सुविधालाई गोल्बल आइएमई बैंकले नेपालमा सुरु गरेको जानकारी दिएको छ ।

यो सर्भिस पछि ग्लोबल आइएमई बैंकका क्रेडिट कार्डका ग्राहकले अनलाइन रकम कारोबार गर्दा सुरक्षित हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो बैंकको सुरक्षा, प्रविधि र आर्थिक सुचचांक प्रतिको बैंक प्रतिबद्धतामा थप कोसे ढुंगा साबित हुने बैंकले जनाएको छ ।

पहिलो पटक कार्ड प्रयोग गर्दा सो सम्बन्धि प्रक्रियालाई एक्टिभेट गर्न सकिने र यसले अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन मद्धत गर्ने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले भिसासँगको सहकार्यमा इजेअलाइन्टको प्राविधिक सहयोगमा यो प्रविधिको सुरुवात गरिएको जनाएको छ ।

यो सेवा पछि ग्लोबल आइएमई बैंकका क्रेडिट कार्डका ग्राहकले अनलाइन कारोबार गर्दा थप सुरक्षित हुने विस्वास लिएको छ । बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले यस सेवाले कार्ड होल्डर ग्राहकलाई अनलाइन कारोबारमा निकै महत्वपूर्ण कदम हुने बताउदै यस सेवाले अन्तर्राष्ट्रिय तहको बैंकिंग अनुभव हुने दाबि गरेका छन्  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै