• २०८१ बैशाख १४ शुक्रबार

दर्शकपछि सेलिब्रेटी र पत्रकारले पनि मनपराए ‘ऐश्वर्य’

kharibot

काठमाडौँ । सफलताका साथ प्रदर्शन भईरहेको फिल्म ऐश्वर्यले राजधानी स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा स्पेसल शो को आयोजना गरेको छ । 

फिल्मलाई दर्शकले रुचाइरहदा टिम र फिल्मकर्मीसंगै मिडियाकर्मीलाई पनि फिल्म हेराउने उदेश्यले शो को आयोजना गरिएको निर्माण पक्षले जनाएको छ । 

रमेश उप्रेतीको प्रस्तुतीमा तयार भएको फिल्ममा उनिसँगै प्रशान्त ताम्राकार,  दीपिका प्रसाईं , केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, बिकाश खतिवडा, तेन्जु योन्जन, केशब भट्टराई लगायतको अभिनय रहेको छ । 

फिल्मको सार्वजनिक गीत तिमि रोएको पल र ट्रेलर तथा त्यसमा बोलिएको संवाद मार्फत चर्चामा आएको फिल्म ऐश्वर्यलाई स्पेसल शो मा हेर्न अभिनेता तथा निर्देशक भुवन केसी , कलाकार बिराज भट्ट , अभिनेत्री भुवन चन्द , साम्राज्ञी राज्य लक्ष्मी शाह , रुपा राणा , निर्देशक दिनेश डिसी , मुस्कान ढकाल , द्वन्द निर्देशक राजेन्द्र खड्गी , निर्माता संघका अध्यक्ष आकाश अधिकारी , कलाकार संघका अध्यक्ष रामकेशर बोगटी , गायक हिमाल सागर , कलाकार विश्व बस्नेत , संविधानविद डाक्टर भीमार्जुन आचार्य , वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ , कमेडियन सन्दीप क्षेत्री लगायत पुगेका थिए । फिल्म हेर्ने अधिकाँसले यसको मेकिङको प्रसंसा गरेका छन् भने कलाकारको अभिनयको तारिफ पनि उतिकै गरेका छन् । 

फिल्म हेरेपछिको प्रतिक्रिया : 

भुवन केसी : मैले पहिला देखि नै ध्यान दिदै आएको मेकिङनै यसको बलियो पक्ष हो । रमेशले आफुलाई राम्रो कलाकार भनेर त प्रमाणित गरिसकेको थियो नै आजबाट उ राम्रो निर्माता पनि हो भन्ने प्रमाणित भयो । फिल्म मार्फत डेब्यु गरेकी दीपिकाको भविष्य मैले उज्वल देखेको छु भने प्रशान्तले निकै राम्रो काम गरेक छन् , म उनको फ्यान भए । म उसलाई ह्यान्डसम भिलेन भन्न चाहन्छु अनि रमेश अझै परिपक्क देखिएको छ । निर्देशकको हिसाबले दिवाकरले राम्रो काम गरेको छ । फिल्मले हेरुन्जेल आखालाई शितलता दिन्छ नै मनोरंजन पनि उत्तिकै दिन्छ । 

बिराज भट्ट : फिल्मको बारेमा सुनेको प्रतिक्रियाले म निकै उत्साहित थिए र फिल्म हेर्दा त्यो पाए पनि । फिल्मको मेकिङको त कुरा न गरौ , यसले नेपाली फिल्मको स्तरलाई पनि बढाएको छ । फिल्मले मनोरंजन दिन्छ भने निर्देशक र कलाकारले उतिकै मेहनत गरेका छन् । सुरुवाती दिनमा संगीत र ट्रेलर बनेको हाइपलाई फिल्मले बचाएको छ । मलाइ लाग्छ फिल्म हेर्ने ९० प्रतिशत दर्शकले यसलाई रुचाउनु हुनेछ । 

साम्राज्ञी राज्यलक्ष्मी शाह : फिल्म राम्रो बनेको छ । मैले जे सुनेको थिए , त्यो भन्दा राम्रो पाए । फिल्मले हेर्दा दर्शकलाई बोर हुन् दिदैन । नेपाली फिल्म एक स्टेप माथि पुगेको आभास मैले पाएकी छिन । डेब्यु गर्ल दीपिकाले राम्रो काम गरेकी छिन भने म केकी दिदिको फ्यान नै भए । प्रशान्त सरले पनि निकै राम्रो गर्नु भएको छ । समग्रमा मलाइ फिल्म निकै राम्रो लग्यो । दीपिकालाई हाम्रो क्षेत्रमा स्वागत छ । 

दिनेश डिसी : फिल्म सुरुको १० मिनेट अलिकति स्लो छ तर त्यसपछी लिएको रफ्तारमा दर्शकलाई कहिँ कतै बोर भएको आभास हुन् पाउदैन । रमेश उप्रेतीले आफ्नो कमब्याक धमाकेदार रहेको प्रमाणित गरेका छन् भने केकीले आफुलाई एउटी प्रतिभावान अभिनेत्रीको रुपमा प्रमाणित गरेकी छिन । म किरण राणा उप्रेतीजी संगै सम्पूर्ण टीमलाई यस्तो स्तरीय फिल्म मेकिङ गर्नु भएकोमा धन्यवाद दिन चाहन्छु । 

भीमार्जुन आचार्य : मैले पुरै फिल्म हेरे । परिवारसंग आएकोले आधामै निस्किने कि भन्ने पनि नलागेको हैन तर फिल्मले बाध्यो । म समिक्षा त हैन तर दर्शक भएर हेर्दा मनोरंजन लिए । फिल्ममा सहरिया जीवन र त्यसको जटिलतालाई राम्रोसंग प्रस्तुत गरिएको छ । यस फिल्मले नेपाली फिल्मको स्तरीयतालाई पनि प्रस्ट्याउछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै