• २०८१ बैशाख १५ शनिबार

मणिरत्नमका लागि अनिल कपुर र ऐश्वर्या फेरी एकै फिल्ममा, यस्तो छ ट्रेलर

kharibot

काठमाडौँ । मणिरत्नमको सपनाको फिल्म पीएस–१ अर्थात् पोन्नयान सेल्भान–१ को ट्रेलर सार्वजनिक भएको छ । यो देखेर ऐतिहासिक ड्रामा फिल्मको ट्रेलर युट्युबमा भाइरल हुन थालेको छ ।

उत्कृष्ट ग्राफिक्सले भरिपूर्ण यस फिल्ममा ऐश्वर्या राई फेरि एकपटक नन्दिनीको भूमिकामा देखिने भएकी छिन् । आदित्यले करिकालनको भूमिका निभाइरहेका छन् । जबकि विक्रम - वन्थियाथेवन र कार्ती - कुन्दवाईको भूमिकामा देखिनेछन् ।

यो फिल्मको खास कुरा के छ भने अनिल कपुर र ऐश्वर्या राई फेरि एकपटक पीएस–१ मा एकसाथ आउन लागेका छन् । यसको पहिलो झलक फिल्मको हिन्दी ट्रेलरमा देखिएको छ । जहाँ ऐश्वर्या राय स्टारर फिल्ममा अनिल कपुरको आवाज सुनिएको छ । अनिल कपूर र ऐश्वर्या राय बच्चन अन्तिम पटक २०१८ को फिल्म फन्ने खानमा सँगै देखिएका थिए । यस फिल्ममा ऐश्वर्याले फिल्म स्टारको भूमिका निभाएकी छिन् । अनिल र ऐश्वर्याले यसअघि सन् १९९९ मा फिल्म ताल र २००० मा आएको फिल्म हमारा दिल आपके पास हैमा सँगै काम गरेका थिए ।

यो पिरियड फिल्म यही वर्ष सेप्टेम्बर ३० मा हलमा रिलिज हुँदैछ । यो हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम लगायतका धेरै भाषाहरूमा रिलिज हुनेछ। एआर रहमानले आफ्नो संगीतले यो फिल्म सजाएका छन् । फिल्मको क्यामेरा वर्क रवि बर्मनले सम्हालेका छन् । यो फिल्म मद्रास टकीज र लाइका प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । फिल्मलाई दुई भागमा बनाउने योजना छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै