• २०८१ बैशाख १५ शनिबार

अलग हुने हल्लाका बिच एकसाथ देखिए बच्चन परिवार र ऐश्वर्या

kharibot

काठमाडौं ।  केही समययता ऐश्वर्या राय र अभिषेक बच्चनको वैवाहिक जीवनमा समस्या परेको खबर आइरहेका थिए । बिछोडको अफवाहका बीच ऐश्वर्या राई अहिले पति अभिषेक र ससुरा अमिताभ बच्चनसँग देखा परेकी छिन् । बच्चन परिवारसँग एक कार्यक्रममा सहभागी भएको अभिनेत्रीको भिडियो सार्वजनिक भएको छ ।

यसले यसअघि आएका सबै खबरलाई पूर्व मिस वल्ड ऐश्वर्या रायले पूर्णविराम लगाइदिएकी छिन् । ऐश्वर्या राय, अभिषेक बच्चन, अमिताभ बच्चन र अगत्स्य नन्द धिरुबाई इन्टरनेशनल स्कूलको वार्षिक समारोहमा सहभागी भएका थिए । कार्यक्रममा अभिनेत्री कालो लुकमा देखिएकी थिइन् । ऐश्वर्या कालो सूटको साथ गोल्डेन बोर्डर भएको बनारसी दुपट्टामा निकै सुन्दर देखिएकी छिन् ।

सार्वजनिक भएको भिडियोमा ऐश्वर्या श्रीमान् अभिषेक बच्चनसँग कुरा गरिरहेको र हाँसिरहेको देख्न सकिन्छ । 

यसै क्रममा उनी आफ्ना ससुरा अमिताभसँग पनि कुरा गरिरहेको देखिएकी छिन् । यसबाहेक कार्यक्रममा आएकी अमिताभ बच्चनकी नातिनी अगत्स्य नन्दाको गाला समातेर उनलाई स्याहार गरिरहेकी थिइन् ।

ऐश्वर्याकी छोरी आराध्याले धीरुभाई अम्बानी इन्टरनेशनल स्कूलको वार्षिक समारोहमा पनि परफॉर्म गरेकी थिइन् । समारोहमा ऐश्वर्याले आराध्याको पर्फमको रेकर्ड गरिरहेकी थिइन् । 

एक साथ भएको खबर आएपनि भारतीय मिडियाहरुले लगातार ऐश्वर्या बच्चन परिवारबाट अलग भएर बसिरहेको दाबी गरिएको छ । ऐश्वर्या र जया बच्चनबीच भएको विवादले अभिषेक बच्चन बिचमा परेको रिपोर्टमा बताइएको छ । अभिषेकले अहिले आफ्ना माता पिता र श्रीमतीसँगको सम्बन्ध निभाउन संघर्ष गरिरहेको परिवार निकटलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै