• २०८१ बैशाख १५ शनिबार

२१औं पटक कान्स पुगिन् ऐश्वर्या

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री ऐश्वर्या राय २१औं पटक कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी छन् । 

अभिनेत्री राय ७६औँ कान्स फिल्म फेस्टिभलमा बिहीबार सहभागी भएकी हुन् । ऐश्वर्य राय कान्सको रातो कार्पेटमा लामो ट्रेलहरूसहित ठूलो हुडीसहितको चाँदी र कालो गाउन लगाएर उपस्थित भएकी थिइन् ।

उनको लुक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ऐश्वर्यको यो ड्रेस सोफी कउचरद्वारा डिजाइन गरिएको थियो ।

ऐश्वर्या लगातार २१ वर्षदेखि यस फिल्म फेस्टिभलमा सहभागी हुँदै आएकी छिन् । उनले २००२ मा कान्स डेब्यू गरेकी थिइन् । फिल्म देवदासको सफलतापछि ऐश्वर्या पहिलो पटक शाहरुख खान र निर्देशक सञ्जय लीला भन्सालीसँग यस कार्यक्रमको हिस्सा बनकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै