• २०८१ बैशाख १४ शुक्रबार

इन्भेष्टमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत लाभांश दिने

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैैंकको ३१औं वार्षिक साधारणसभा गरिएको छ । साधारणसभाले २०७३–७४ सम्मको सञ्चित मुनाफाबाट २०७४ आषाढ मसान्तमा कायम सेयर पुँजीको १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।  

सञ्चालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७३–७४ को बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ ।

साधारणसभामा संस्थापक सेयरधनीहरुको तर्फबाट चार जना संचालकहरुकोे निर्वाचन गर्ने कार्याक्रम समेत रहेकोमा कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाँडे निर्विरोध निर्वाचित भएका छन् ।  

बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड (पारित बोनस एक अर्ब ३८ करोडसहित) पुगेको छ जुन नेपालका निजी बैंकहरुमध्ये सबैभन्दा बढी भएको जानकारी बैंकले साधारणसभामा दिएको छ । त्यसै गरी बैंकको सञ्चिति रकम पनि बढेर आठ अर्ब आठ करोड पुगेको छ भने सेयरधनी कोष रकम १८ अर्ब ७० करोड पुगेको छ । यस बंैकको सेयरधनी कोष पनि निजी क्षेत्रका बैंकहरुमध्ये कै सबैभन्दा उच्च रहेको छ  ।

बैकले आर्थिक वर्ष २०७३–०७४ मा पाँच अर्ब २४ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । बैंकका अनुसार उक्त नाफा आज २०७२–७३ भन्दा २६ दशमलव सात प्रतिशतले बढी हो । त्यसै गरी खुदनाफा २२ दशमलव एक प्रतिशतले बढेर तीन अर्ब ११ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप १५ दशमलव सात प्रतिशतले बढेर एक खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी २२ दशमलव छ प्रतिशतले बढेर एक खर्ब छ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकको खराब कर्जा (एन.पि.ए.) रेसियो गत वर्षको शुन्य दशमलव ६८  प्रतिशतभन्दा बढेर शून्य दशमलव ८३ प्रतिशत पुगेपनि आउँदा वर्षमा घटाएर अझ न्यूनतम् स्तरमा लैजाने बैंकले जानकारी दिएको छ । बैंकिङ क्षेत्रलाई थप सक्षम तथा एकिकृत गर्नको निम्ति नेपाल राष्ट्र बैंकले लिएको मर्जर वा प्राप्तिको नीतिलाई आत्मसाथ गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लि. ले एस डेभलपमेन्ट बैंक लि.लाई प्राप्ती गरी मिति २०७४ आषाढ २९ गतेबाट एकिकृत कारोबार सुरु गरेको हो ।

यस प्राप्तिपश्चात् बैंकको काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यकाबाहिर ३८ गरी जम्मा ६१ वटा शाखा कार्यालय, ३ वटा एक्सटेन्सन काउन्टर तथा ९९ वटा एटिएम पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै