• २०८१ बैशाख १६ आइतबार

एमाले र माओवादीबीच ३२ जिल्लामा सिट बाडफाड, कसले कँहा पाए (सुची सहित) 

kharibot

काठमाडौं ।  नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार टुंगो लगाएका छन् ।

आउँदो मंसिर १० गतेका लागि चुनाव तोकिएका ३२ जिल्लाका प्रतिनिधिसभाका ३७ वटा निर्वाचन क्षेत्रमध्ये एमालेले २१ र माओवादी केन्द्रले १६ ठाउँमा उम्मेदवारी दिने सहमति भएको नेताहरुले बताएका छन् । यस्तै  प्रदेशसभाका ७४ सिटमध्ये एमालेले ४१ र माओवादीले ३३ सिटमा उम्मेदवारी दिनेछन् ।

प्रतिनिधिसभामा एमालेले ताप्लेजुङ, पाँचथर, संखुवासभा, ओलखढुंगा, खोटाङ्ग, दोलखा, रसुवा, सिन्धुपाल्चोक–२, नुवाकोट–२, धादिङ १ र २, बाग्लुङ्ग–१, मनाङ्ग, मुस्ताङ्ग, म्याग्दी, डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी र दार्चुलामा उम्मेदवार उठाउनेछ ।

यस्तै माओवादी केन्द्रले भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक–१, नुवाकोट–१, गोरखा–१, बाग्लुङ–२, लमजुङ, रोल्पा, पूर्वी र पश्चिमी रुकुम, जुम्ला, कालिकोट, हुम्ला र जाजरकोटमा उम्मेदवार उठाउने सहमति भएको छ ।

यस्तै प्रदेशसभामा भोजपुर, सोलुखुम्बु, रामेछाप, मुस्ताङ्ग, मनाङ्ग, जाजरकोट र बाजुराका सबै क्षेत्रमा एमालेका उम्मेदवारलाई माओवादी केन्द्रले समर्थन गर्नेछ ।

पूर्वी र पश्चिम रुकुम, रोल्पा, गोरखा–२ र हुम्लामा सबै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारलाई एमालेले समर्थन गर्नेछ । बाँकी क्षेत्रमा पनि सहमतिमा सिट बाँडफाँड भएको नेताहरुले बताएका छन् । सिट बाँडफाँड भएसँगै आफूले पाएका क्षेत्रमा उम्मेद्वार टुङ्गो लगाउन दुवै दलको आन्तरिक बैठक बसिरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै