• २०८१ बैशाख १५ शनिबार

गठबन्धनहरुमा सीट बाँडफाँटको सकस : समानुपातिकमै अझै विवाद

kharibot

काठमाडौँ ।  पार्टी एकताको पूर्वाभ्यासस्वरुप दुई ठूला वाम दल चुनावी तालमेलमा सैद्धान्तिक रुपमा जुटे पनि व्यवहारिक रुपमा उनीहरु भागबण्डा मिलाउने सकसमा उल्झिएका छन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको वाम गठबन्धनले देशभरीको प्रदेश र प्रतिनिधिसभा चुनाव क्षेत्रको बाँडफाँट सहित चुनावी तालमेलका लागि गरीरहेको प्रयाश निकै जटिल बनेको छ ।

फलतः उनीहरु अझैसम्म पनि उम्मेद्धवारको टुंगो लगाउन सकिरहेका छैन्न । सिटमा नै कुरा नमिलेर गठबन्धनको एक साझेदार दल नयाँ शक्ति त गठबन्धनबाटै अलग पनि भैसकेको छ । माओवादी केन्द्रसँग एमालेको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रचार गरिए पनि एमाले माओवादीलाई कति सिट दिने भन्ने अन्यौलमा फसेको छ । धेरै जसो निर्वाचन क्षेत्रमा दुवै दलका नेताहरुको दाबी भएकाले सहमति जुटाउन नसकेका एमाले र माओवादी उम्मेद्धवार छान्न नसकीरहेका मात्रै छैन्न, एकाग्र हिसाबले चुनावी प्रचारमा पनि जुट्न असमर्थ भैरहेका छन ।

एमालेले स्थायी समिति बैठक बसी उम्मेदवारहरुको नाम छनौट गर्ने भए पनि स्थायी समितिलाई माओवादी तथा आफ्नै दलका उम्मेद्धवारको चित्त बुझाउनु फलामको चिउरा चपाउनु सरह भैरहेको छ । शुक्रवारसम्म पनि एमालेले कति सिट र माओवादीले कति सिट पाउने भन्ने निर्वाचन क्षेत्र बाँडफाँटमा कुरा नमिलेकैले यो तिहार पनि दुबै दलका लागि शुभ हुन सकिरहेको देखिदैन । दुबै दलका नेता सम्मिलित समितिले सीट भागवण्डाको टुंगो लगाउन नसकेपछि दुई दलीय कार्यदलले दुवै दलका अध्यक्ष रहेको संयोजन समितिको शरणमा पुगेको छ ।

अब एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै नर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाउने अन्तिम अधिकारी बन्न पुगेको छन । यसरी अध्यक्ष स्तरीय स्वविवेकीय निर्णयमा सिट भागवण्डा र अन्तिम निर्णय हुने भएपछि एमालेमा ओली पक्षधर र माओवादीले प्रचण्ड पक्षधर मात्रैले उम्मेद्धवार बन्न पाउने संभावना बढेको छ । एमालेमा माधव नेपाल र माओवादीमा गैर प्रचण्ड पक्षका कम उम्मेद्धवार बन्ने संभावना बढेको छ । सुरुमा नै पद्धतिगत ढंगमा भागवण्डा मिलाउन नसकेपछि दुबै दलभित्र असंतुष्टी र विद्रोहका स्वरहरु बाक्लिन थालेका छन । गठबन्धनभित्रका अन्य दललाई दिएर बाँकी रहने कूल निर्वाचन क्षेत्रमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत क्षेत्र लिने सहमति अनुरुप वाम गठबन्धनभित्रका दल आआफूले लिने चुनाव क्षेत्रको छनौट नै उनहिरुका लागि घाँटीमा अडकिएके हाँड सरह भैरहेको छ ।

पार्टी एकता घोषणा सभा असोज १७ मा नै एमालेले ६० र माओवादीले ४० प्रतिशत सिटमा भागवण्डा गर्ने सैद्धान्तिक सहमति गरे पनि कुन प्रदेशमा कति सिट कुन दलले कुन उम्मेद्धवारका लागि किन छोड्ने भन्ने आन्तरिक बिबादमा यो गठबन्धन नराम्ररी फसिरहेको छ । केन्द्रमा कुल १६५ प्रत्यक्ष सिटमा कम्तीमा ५६ सिट माओवादी केन्द्रले पाउने सम्भावना रहेको बताइए पनि चुनाव क्षेत्र कुन कुन र के का आधारमा हुने भन्ने अझै पनि तया भएको छैन । सिट भागवण्डाका लागि गठित दुईदलीय कार्यदलले प्रदेश नम्बर ७ तथा केन्द्र र प्रदेशमा टुंगो लगाएका भनिएका सिटमा पनि सर्वसम्मति नभएको र त्यसमा पनि टिकट छोड्नुपर्ने पक्ष असंतुष्ट रहेकोले उम्मेद्धवाररी मनोनयनको दिन नजिकिदा पनि उनीहरु उम्मेद्धवारको चयनमा फसिरहेका छन ।

एमाले-माओवादी गठबन्धनबीच सिट संख्या बाँडफाँटमा कुरा नमिल्दा अहिलेसम्म उम्मेदवार छनोट अन्यौलमा परेको हो । नयाँ शक्ति दल एकता र तालमेल प्रक्रियाबाटै रिंग आउट भएपछि दुई दल रहेको गठबन्धनमा अन्य गठबन्धन साझेदार दलहरुलाई दिने सिट संख्यासमेत अहिलेसम्म टुंगिन नसक्दा दुई दलका मुख्य उम्मेदवार कहाँबाट लड्ने भन्ने विषय समेत टुंगो लागेको छैन । कतिसम्म भने उम्मेदवारको हैन, अहिलेसम्म सिट संख्याका विषयमासमेत टुंगो लागेको छैन ।

गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रले पनि आन्तरिक रुपमा बुझाउनुपर्ने समानुपातिकतर्फको सूची अझै टुंग्याउन सकेको छैन । असोज १७ गते पार्टी एकीकरण प्रक्रिया अघि बढाउँदै कार्यदल बनाएको गठबन्धनले अध्यक्षहरुकै नेतृत्वमा बनाएका कार्यदल पनि निर्वाचनमा तालमेल तथा निर्वाचन पछि पार्टी एकताको खाका बनाउन चुकेकाले यो गठबन्धको तालमेल प्रया अन्तरघातमा बदलिने खतरा बढेको छ ।

लोकतान्त्रिकमा पनि समस्याः

यता सत्तारुढ नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई पनि तालमेलको भागवण्डा मिलाउने चटारोले छोडेको छैन । नेपाली कांग्रेस र उसँग सहकार्यको पक्षमा देखिएका दल पहिलो चरणमा चुनाव हुने पहाडी र हिमाली जिल्लामा तालमेलको गृहकार्यमा व्यस्त रहे पनि खास निर्णयमा पुग्न सकिरहेका छैन्न । पहिलो चरणको निर्वाचन हुने जिल्लामा कार्तिक ५ गते उम्मेदवारी दर्ता गर्न मात्रै केही दिन र घन्टाहरु मात्रै बाँकी हुदा पनि दलहरु आफ्नै उम्मेद्धवार तय गर्न दलीय गठबन्धनको लफडामा परेका कारण विलम्व गरिहेका छन ।

गैर वाम तालमेलमा लागेका दलहरु काँग्रेस, दुई गुटका राप्रपा, मधेशी दलहरु संघीय फोरम र राजपा तत्काल पहाडी र हिमाली जिल्लाका क्षेत्र बाँडफाँटमा सहमति जुटाउन भगिरथ प्रयत्नमा रहे पनि भागवण्डा मिलाउन सकिरहेका छैन्न । संघीय समाजवादी फोरम नेपाल र राजपा तथा काँग्रेस वीचको तालमेलको भागवण्डा मिलाउने छलफल सकारात्मक रुपमा अघि बढेको बताईए पनि परिणाम देखा पर्न सकेको छैन । कांग्रेस र अन्य दलबीच देशभरको निर्वाचन क्षेत्र बाँडफाँटबारे टुंगो नलागेकाले गठबन्धनको आकारको समेत ठेगान लागिसकेको छैन । १६५ मध्ये ३द्द जिल्लामा काँग्रेसले उम्मेद्धवार तय गरेको भनिए पनि द्द दिन अघिसम्म बाँकी क्षेत्रमा तालमेल र उम्मेद्धवार छान्न तालमेलको भागवण्डाकै तनाबका कारण नसकीरहेको हो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै