• २०८१ बैशाख १८ मंगलबार

च्याम्पियन्स लिगमा लिभरपुलको कीर्तिमानी जित

kharibot

काठमाडौँ ।  च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले गोलको वर्षा गर्दै जित हासिल गरेको छ । स्लोभेनियाको क्लब मारिबोरलाई उसैको मैदानमा भएको खेलमा लिभरपुलले ७ गोल हानेको थियो । 

समूह ‘ई’ अन्तर्गत अवे मैदानमा भएको खेलमा लिभरपुलका तर्फबाट रोबर्टो फिरमिनो र मोहम्मद सालहले दुई दुई गोल गरेका थिए भने फिलिप कोन्टिन्हो, अलेक्सान्डर अ्रनोल्ड र ओक्सलेड–चेम्बर्लेनले एक एक गोल गरेका थिए । 

कीर्तिमानी जितपछि लिभरपुल तीन खेलबाट पाँच अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय