काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गर्दै माओवादी केन्द्रका मन्त्रीहरुलाई बिना विभागीय बनाएका छन् ।
माओवादी मन्त्रीहरुले राजिनामा नदिएपछि प्रधानमन्त्रीले माओवादी केन्द्रका सबै मन्त्रीलाई बिना विभागीय बनाएका हुन् । सरकारमा माओवादी मन्त्रीहरुले महत्वपूर्ण जिम्मेवारी सम्महाल्दै आएका थिए। माओवादीले उपप्रधान सहित परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेको थियो।
राप्रपाबाट सरकारमा सामेल बनाएका मन्त्रीहरुलाई भने अझै जिम्मेवारी नदिइए पनि छिट्टै उनीहरुलाई जिम्मेवारी दिने तयारी प्रधानमन्त्रीले गरेको बुझिएको छ ।
प्रधानमन्त्री देउवाले मंगलबार विहान माओवादी अध्यक्ष प्रचण्डसँग भएको भेटमा माओवादी मन्त्रीहरु सरकारमा बस्नुको औचित्य नभएको भन्दै राजिनामा दिन सल्लाह दिएका थिए । साथै भेटमा राजीनामा नदिए मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी समेत दिएको बताइएको थियो ।