• २०८१ बैशाख १९ बुधबार

चार जना मानव तस्कर पक्राउ

kharibot

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार जना मानव तस्करहरुलाई पक्राउ गरेको छ । नेपाली युवालाई भिजिट भिसा (घुम्ने प्रवेशाज्ञा)मा दुवई लगी अलपत्र छाड्ने चार जनालाई राजधानी काठमाडौंबाट आइतबार र सोमबार पक्राउ गरिएको हो ।

सीआईबीले यसअघि दुवईमा अलपत्र १६ जना नेपालीलाई आबुधाबीमा रहेको नेपाली राजदूतावासबाट इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) नेपाल, गैरआवासीय नेपाली संघ, नेशनल कोअर्डिनेसन कमिटी यूएई को सहयोगमा नेपाल ल्याएको थियो ।

उनीहरुकै उजुरीका आधारमा चार जना मानव तस्कर पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाग्लुंग हटिया ३ का ईश्वर भण्डारी, गोरखा मान्वु ७ का विर्घमान गुरुंग, सोही स्थानका मिन भन्ने राजु घले र कैलाली लम्कीचुहा ४ का भानु ढकाल रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै