• २०८१ बैशाख १५ शनिबार

पछिल्लो साता सम्हालिएको नेप्से तिहारको पहिलो दिन रातो  

kharibot

काठमाडौ  । नेप्सेमा घट्ने क्रम फेरी सुरु भएको छ । अघिल्ला दिनहरुमा लगातार बढेको नेप्से साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि बढेको थियो । तर त्यो बढाई टिक्न सकेन । 

कारोवार खुलेका केही समय बढेको नेप्से अन्तिम समयमा आएर पाँच दसमलव ७२ अंकले घटेर १५ सय ५९ दसमलव १८ बिन्दुमा थन्किएको छ । सेन्सिटिभ पनि एक दसमलव सात अंकले घटेर तीन सय २८ दसमलव ३४ बिन्दुमा झरेको छ । एक सय ६२ वटा कम्पनीहरुको पाँच हजार तीन वटा कारोवारमा १४ लाख १३ हजार चार सय ४६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ६१ करोड २० लाख ९२ हजार चार सय ५१ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज सबैगरी कुल नौ वटा समुहको कारोवार भएकोमा छ वटा समुहको कारोवार सुचक ओरालो लागेकाछन भने तीन वटाको उकालो लागेकाछन । बाँणिज्य बैक समुहको सुचक पाँच दसमलव ६२ अंकले घटेर १३ सय ४७ दसमलव ५१ बिन्दुमा झरेकोमा १९ करोड ५० लाख ३१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैंक समुहको सुचक पनि नौ दसमलव एक अंकले घटेर १९ सय दसमलव ४४ बिन्दुमा झरेकोमा सात करोड २२ लाख ४८ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । फाईनान्स समुहको कारोवार सुचक एक दसमलव ९२ अंकले घटेर सात सय ८१ दसमलव ४८ बिन्दुमा झरेकोमा ८५ लाख ९२ हजार चार सय ८० रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

यसैगरी बीमा समुहको सुचक पनि ४१ दसमलव १७ अंकले घटेर आठ हजार चार सय ९६ दसमलव ८८ बिन्दुमा झरेकोमा १४ करोड ७४ लाख ७५ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । 

यि बाहेक होटल र उत्पादनमुलक समुहको सुचकपनि आज घटेछन । जलबिद्युत समुहको कारोवार सुचक भने आज सात दसमलव ७८ अंकले बढेर १८ सय ५९ दसमलव ७३ बिन्दुमा चढेकोमा पाँच करोड ८३ लाख ३४ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी ट्रेडिङ र अन्य समुहको सुचकमा पनि सामान्य अंकले सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको बेष्ट फाईनान्सको प्रतिकित्ता सेयर मुल्य नौ रुपैयाँ ८७ पैसाले बढेर एक सय ६७ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने गुमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको  हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ७६ पैसाले घटेर ११ सय ७७ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

रकम कारोवारका आधारमा अग्रस्थानमा परेको ओरेन्टल होटल समुहको प्रतिकित्ता आठ सय ९५ रुपैयाँ अन्तिम मुल्यमा चार करोड ९७ लाख ३३ हजार आठ सय ५५ रुपैयाँको सेयर कारोवार भएको छ ।

यसैगरी प्रभु इन्स्योरेन्स कम्पनीको पनि ११ सय ८० रुपैयाँ अन्तिम मुल्यमा तीन करोड छ लाख ३७ हजार दुई सय ५४ रुपैयाँ बराबरको सेयर कारोवार भएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै