मोगादिसु । सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको विष्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या १३७ पुगेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ ।
विष्फोटमा करिब ३ सय जना घाइते भएका र उनीहरूलाई राजधानीकै विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ । पछिल्ला केही महिना यता भएकामध्ये यो सवैभन्दा ठूलो आक्रमण भएको बताइएको छ ।
घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले बताएका छन्, विस्पोटका कारण होटेलका कैयाँ ढोका, झ्याल नराम्ररी चर्केका छन् । घटनास्थल वरपरका वासिन्दाले बताए अनुसार विश्पोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए ।
सोमालियाली राष्ट्रपति मोहम्मद अव्दुल्लाही मोहमदले विष्पोटमा मृत्यु भएका व्यक्तिको सम्झनामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
एकै पटक ठूलो सङ्ख्यामा घाइतेहरूको उपचार गर्नु परेकाले स्थानीय अस्पतालमा रगतको अभाव भएको श्वास्थ्य संस्थाले जनाएका छन् ।
विष्फोटको आइतबारसम्म कसैले पनि जिम्मा लिएको छैन ।