काठमाडौँ । आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण आयोगले तोके बमोजिम निर्धारण भएको निर्वाचन क्षेत्र सावजनिक भएको छ ।
नेपालको संविधानको धारा २८६ को उपधारा (१) बमोजिम गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको प्रयोजनको लागि देहाय
बमोजिम निर्वाचन क्षेत्र निर्धारण गरेकोले निर्वाचन क्षेत्र निर्धारण आयोग ऐन, २०७३ को दफा १२ अनुसार निर्वाचन आयोगले निर्वाचन क्षेत्र सार्वजनिक गरेको छ ।