• २०८१ बैशाख १२ बुधबार

निर्वाचन क्षेत्र विकास कार्यक्रमको अर्थमन्त्रीद्वारा बचाउ

kharibot

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले साना विद्युतीय सवारीमा बढाएको कर र विवादित निर्वाचन क्षेत्र विकास कार्यक्रमको बचाउ गरेका छन् । 

मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बचाउ गरेका हुन् । 

उनले सांसदले छानेका योजनमा सरकारी खरिद प्रक्रिया मार्फत पैसा काम हुने उनले तर्क गर्दै सासंद्ले स्थानीयको आवश्यकतामा आधारमा योजना छान्ने मात्र भूमिका हुने बताएका छन् ।

त्यस्तै उनले विद्युतीय सवारीमा कर बढाएको भन्दै चौतर्फी आलोचना भएपछि विद्युतीय गाडीमा कर भन्दा बिक्रेताले कमिसन बढी लिएको भन्दै नियमन खाँचो रहेको बताए । 

उनले साना विद्युतीय सवारीमा कर बढाएर ठूला सवारीमा घटाई एकरूपता ल्याउन खोजेको बताए । 

 नयाँ आर्थिक ऐनले ५० देखि १०० किलोवाट सम्मका सवारीमा लाग्दै आएको १० प्रतिशत भन्सार बढाएर १५ प्रतिशत पुर्‍याइयो । त्यस्तै अन्तःशुल्क ५ प्रतिशत लगाएको छ भने १०० देखि २ सय किलोवाटसम्मका सवारीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा २० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क कायम गरेको छ । 
२ सय देखि ३ सय किलोवाट ४५ प्रतिशत भन्सार रहेकोमा ५ प्रतिशत घटाएर ४० प्रतिशत कायम गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै