• २०८१ बैशाख १६ आइतबार

नागरिक उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा अलग्गै उम्मेदवारी दर्ता गराउने

kharibot

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आगमी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । 

सत्तारुढ १० दलीय गठबन्धनमा रहेको उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो । 

सो पार्टीका नेता लक्ष्मण थारुका अनुसार बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई पार्टीले उम्मेदवार बनाएको र सोमवार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ ।

आज बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता हुदैँछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै