• २०८१ बैशाख १७ सोमबार

रसियामा फेसबुक प्रतिबन्ध हुन सक्ने, यस्तो छ कारण 

kharibot

वाशिंगटन । रसियाले आफ्नो देशमा फेसबुकलाई प्रतिबन्ध लगाउन सक्ने बताएको छ । फेसबुकले स्थानीय डाटा स्टोरेज कानुनलाई नमानेमा सन् २०१८ देखि रसियामा फेसबुकमा प्रतिबन्ध लाग्न सक्ने भएको छ ।

रसियाका संचार नियमक निकायका प्रमुख एलेक्जेन्डर झरोभलाई उदृत गर्दै रसियन सरकारी समाचार एजेन्सीका अनुसार झरोभले नियम सबैले अनिवार्य पालन गर्नु पर्ने बताएको उल्लेख गरिएको छ ।

झरोभले यदि नियम पालन नगर्ने हो भने कसैलाई पनि रसियामा प्रतिबन्ध लागाइने बताएका छन् ।

रसियाले सन २०१५ को  सेप्टेम्बरदेखि पर्सनल डाटा स्टोरेज कानुन लागु गरेको छ, जस अनुसार रसियाका हरेको व्यक्तिको व्यक्तिगत सूचना रसियाकै भूमिमा स्टोरेज हुनुपर्ने व्यवस्था रहेको छ ।  

झरोभले आफुहरुले अहिलेसम्म फेसबुकलाई समपर्क नगरेको भएपनि फेसबुकले यो नियम अनिवार्य रुपमा मान्नुपर्ने बताएका छन् । उनले सन् २०१८ मा आफुहरुले यस विषयमा निर्णय लिने बताएका छन् ।

अर्को चर्चित सामाजिक सञ्जाल ट्वीटरले भने पत्र पठाउदै सन् २०१८ मा सो नियम अनुसार डाटा सेन्टर बनाउने उल्लेख गरेको बताइएको छ ।

सो कानुन अनुसार रसियामा लिंक्डइन् भने प्रतिबन्ध गरिएको छ ।

रसिया र फेसबुक पछिल्लो अमेरिकी निर्वाचनदेखि विवादमा रहेका छन् । अमेरिकी निर्वाचनमा रसियाको भूमिकालाई लिएर चर्चित सामाजिक सञ्जाल फेसबुकलाई जोडेर हेरिएको छ यो प्रकरण अमेरिकामा अहिले पनि विवादमै रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै